बृहत इनभेस्ट्मेन्ट्स (बि.आइ) ले आयोजना गरेको १९औं ब्याचको ‘रियल स्टेट मार्केटिङ एजेन्ट’ तालिम सम्पन्न भएको छ ।

 

माघ १८ देखि २० गतेसम्म काठमाडौंमा आयोजित १९ औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठानका ११ जनाको सहभागिता रहेको थियो । तालिममा रियल इस्टेट करिअरबारे आधारभुत जानकारीका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथाबिमा, प्रोपर्टी भ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निकल लगायतका विषयहरु समेटीएको थियो । तालिममा नेपालका रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पुर्णिमा राजभण्डारी, रुद्र प्रसाद पोखरेल, बृहत राजभण्डारी, रबिन श्रेष्ठ, सुजन श्रेष्ठ र रश्मी तुलाधरले प्रशिक्षण दिनुभएको थियो । हाल विश्व्यापि नै आर्थिक मन्दी छाएको अवस्थामा बृहत इनभेस्टमेन्टले संचालन गरेको यस तालिमले रियल स्टेट क्षेत्रलाई चलायमान बनाउन केहि हदसम्म सहयोग हुने कम्पनीले जनाएको छ ।

 

सो तालिमले नँया पिढिलाई रियल इस्टेट क्षेत्रमा करियर बनाउनमा धेरै सहयोग हुने कम्पनीे विश्वास लिएको छ । तालिममा सहभागिहरुले रिमा तालिम रियल इस्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रलाई अझ मर्यादित र पारदर्शी रुपमा अघि बढाउने बताए । दक्ष रिमामार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले कम्पनीले विगत १४ वर्षदेखि यस्ता तालिमहरुको आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म २४१ जना रिमा सरटिफाइड भैसकेका छन् । नेपालमा व्यवसायिक रिमा तालिम संचालन गर्ने यो पहिलो कम्पनी हो । कम्पनीले अरु व्यवसायको दाँजोमा रियल स्टेटको कारोबार गर्ने व्यवसायहरुलाई मर्यादित र व्यवस्थित बनाउनका साथसाथै विदेशमा जस्तो सरकारी मान्यता प्राप्त एजेन्टले मात्र कारोबार गर्ने पाउनु पर्ने मागलाई अघि सार्दै आएको छ ।